No.1 News Portal from Sudurpashchim Province
bajaj

केदारस्युको दहसैनमा बालविवाह र लागु औषध दूर्वसन सम्बन्धित कार्यक्रम सम्पन्न

रमेश सिंह बझाङकेदारस्यु गाउँपालिका को आर्थिक सहयोग तथा जनचेतना सन्चार मिडिया को समन्वमा आईतबार मा केदारस्यु गाउँपालिका ६र७दहसैन मेलामा बालबिबाह तथा लागु औषध दूर्वसन “ सम्बन्धि सडक नाटक सम्पन्न भएको छ ।

बालबालिकालाई अन्ते समुदायमा सद्भाव अभिबृद्वि गर्ने सन्देश दिने उदेश्यले सडक नाटक गरिएको हो ।

नाटकमा कलाकारले बालबिबाहको अन्त्य गरी सभ्य समाजका सभ्य नागरिक बन्न आवस्यक हुने सन्देश दिने आग्रह सहितको प्रस्तुत दिएका थिए । गाउँ घर मा हुने सानो उमेरमा विवाह लाइ कम्म गर्ने गाउँपालिका ले वडाको बिभिन्न ठाउँमा जनचेतना मुलक कार्यक्रम तथा सडक नाटक गर्दै आएको उपाध्यक्ष मनिसा धामिले बताइन।

कार्यक्रम मा लागु औषध दूर्वसन सम्बन्धित र बालविवाह न्यूनिकरण गर्न सहयोग हुने खालका नाटक पनि देखाएको थियो। यो सडक नाटक ले समाजमा हुने २०बर्ष नपुगि गरिने विवाहलाई केही न्युनिकरण गर्ने सहयोग हुने गाउँपालिका को उद्देश्य रहेको छ।

नाटकबाट दर्शकले सद्भाव सहितको भरपुर मनोरञ्जन लिएका थिए । मुलुकमा जातजाति, बालबिबाह र महिला पूरुष बिचको बिबेधले घर परिवार मात्र नभई समाजमा फाटो आउन नहुने भन्दै सबै समुदाय बिचको सम्बन्ध प्रगाढ बनाउने सन्देश सहितको कलाकारको बेजोड प्रस्तुतिले दर्शक मख्ख बनेका थिए। बालविवाह सम्बन्धित देशको संविधानले बाल विवाह गर्न निषेध गरिएको उमेर वा शारीरिक, मानसिक बैचारिक रूपले कमजोर र अपरिपक्व उमेरमा विवाह गर्नु नै बालबिबाह हो ।

बालविवाह गर्ने विश्वका केही देशहरु मध्ये नेपाल भनी एक राष्ट्र हो जहाँ दक्षिण एसियाली मुलुकहरुका प्रमुख देशहरुमा बङ्गलादेश र भारत पछि तेस्रो देशमा नेपाल पर्छ । बाल विवाहलाई अन्त्य गर्न विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरु लागिपरेका छन् नेपाल सरकारले सन् २०३० सम्ममा बालबिबाह अन्त्य गर्नका लागि नीति बनाई कार्यान्वयनमा पनि ल्याएको पाइन्छ ।

बाल विवाह कहाँ कहाँ गरिन्छ त रु

विशेषगरी तराई र मधेशका जिल्लाहरुमा बालबिबाह बढी हुने गरेको पाइन्छ त्यस्तैगरी पश्चिमका पहाडी जिल्लाहरु बझाङ ,बाजुरा, डोटी, अछाम र मध्यपश्चिमका केहि जिल्लाहरुमा समेत बालविवाह हुने गरेको पाइन्छ ।

बालबिवाह किन गरिन्छ

कम उमेरमा छोरीको बिहे गरिदिँदा पुण्य हुन्छ भन्ने गलत विश्वासले।

अभिभावकमा शिक्षा र जनचेतनाको कमीका कारणले ।

गरिबीका कारणले परिवारमा कामदारहरूको संख्या बढाउने इच्छाले गर्दा ।

बाल विवाह पछि हुने समस्याहरू के(के हुन त रु

स्वास्थ्य शिक्षाको अधिकारबाट वञ्चित हुने।

कामको बोझ।

pm office

यौनाङ्गमा हानि हुने ।

उमेर नपुगि गर्भधारण गर्दा आमा र शिशुको मृत्यु हुने सम्भावना हुन्छ ।

रोगको सिकार हुने, बढी सन्तान जन्माउने र झन् गरिबीको दलदलमा फस्ने हुन्छ ।

अन्जानमा विवाह भएका कारण भावना विचार नमिली बिवाह भएकोले झगडा, डिभोर्स वा आत्महत्याका घटनाहरु वृद्धि हुने हुन्छ ।

जान्नेबुझ्ने भइसकेपछि बहुविवाह गर्ने ।

यसरी बालबालिका अशिक्षित भएपछि परिवार गरिब र देश नै गरिब बन्न पुग्छ ।

नेपालको बाल विवाह सम्बन्धी ऐन कानुन नेपालको संविधानको धारा ३९ को उपधारा ५ ले कुनै पनि बालबालिकाको हक स्थापित गरेको छ । नेपालको कानुन व्यवस्थाले विवाह गर्ने उमेर महिला तथा पुरुष दुवैका लागि २० वर्ष हुनुपर्ने व्यवस्था गरेको छ । २० वर्षभन्दा कम उमेरमा गरिने विवाह कानूनतः दण्डनीय हुन्छ साथै यस्तो विवाह गरेमा गैरकानुनी हुने भएकोले बदर हुने र कसुर गर्ने व्यक्तिलाई एक वर्ष कैद र दश हजार जरिवाना हुन सक्ने भनिएको छ।

निराकरणका उपायहरुस्

बालविवाह सामाजिक जातीय र परम्परागत कुरीति भयकोले जनचेतना प्रदान गर्नुपर्यो ।

अभिभावकलाई योन तथा प्रजनन शिक्षा सम्बन्धी तालिम दिने ।

बालबालिकाहरुलाई सानै उमेरदेखि बाल विवाह गर्नुहुन्न भन्ने मानसिकता हालिदिने ।

बालबालिकालाई अव्यबस्थित फोनकल अश्लिल भिडियो हेर्नु र गर्नबाट बचाउने ।

यसैगरी विशेषगरी हिन्दू धर्ममा कन्याको विवाह महिनावारी हुन अगाडी गरिदिएमा स्वर्ग जान पाइने अन्धविश्वासलाई हटाउन तालिम दिएर, घरदैलो कार्यक्रम गरेर पनि गर्न सक्छौं । त्यसैगरी बालबालिकालाई पाँच कक्षादेखि दश कक्षासम्म यौन तथा प्रजनन सम्बन्धी पाठ्यक्रम गरी पढाउनुपर्ने ।

बाल विवाह गर्ने गराउनेलाई सामाजिक बहिस्कार गर्नुपर्ने । राज्यले कानुनमा भएका व्यवस्थाको सही कार्यान्वयन गर्नुपर्ने।

समग्रमा बाल विवाह एक सामाजिक अपराध हो

जुन विवाह गर्दा गराई दिदा उनीहरूको स्वास्थ्य मानसिक अबस्था शैक्षिक अवस्था धरापमा पर्छ भने र जीवन र अन्धकार बन्छ भने के प्राप्तिको लागि यो कर्म गर्ने रु

विवाह एक असल कार्य हो तर समय नपुगी गर्दा यसले ज्यानै समेत लिनसक्छ यदि तपाईं असल आमा बुवा असल अभिभावक बन्न चाहनुहुन्छ भने उमेर नपुगुन्जेल विवाह नगरिदिनुस बरु असल शिक्षा र वातावरण दिनुस अनि मात्र बालबालिको जिबन भविष्यमा असल र उज्ज्वल र ठूला असल कामहरु गर्न सक्छन् । देशको अभिभारा बोकेर ठुलो गौरबमय कामहरु गर्न सक्छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.