गोकुलेश्वर। कैलालीको सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमणबाट कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया महिलाको मृत्यु भएको छ ।

उनको आइतवार बिहान साढे ८ बजे अस्पतालको सघन उपचार कक्ष (आइसियू )मा मृत्यु भएको हो ।उनी मुटुको बिरामी रहेकी थिइन् ।
उनीमा चैत २६ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।



