No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा बिसु मेलाबाट घर फर्किने क्रममा भिरबाट लडेर हजुरआमा र नातनीको मृत्यु

गोकुलेश्वर।दार्चुलाको मार्मा गाउँपालिका—१ घुल्जरमा लागेको नयाँ वर्ष (बिसु) मेलाको जात्राबाट घर फर्किने बेला भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ ।

pm office

मृत्यु हुनेमा मार्मा गाउँपालिका—१ घोल्जर पाखुकी ५१ वर्षीया कुटुमा देवी ठगुन्ना र साथमा रहेकी नातनी पर्ने २ वर्षीया सोनिया धामीको भिरबाट लडेर मृत्यु भएको हो ।

उनीहरु शुक्रबार राती बिसु जात्राबाट घरफर्किने बेला बेपत्ता भएका थिए ।शनिबार (आज) दिउँसो करिब साढे दुई बजेतिर उनीहरुको शव सुङगर भिरमा फेला परेका हो । शवलाई लटिनाथ स्वास्थ्य चौकीमा राखिएको छ ।

अहिले इलाका प्रहरी कार्यालय लटिनाथको टोली घटनास्थलमा छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.