गोकुलेश्वर। सुदूरपश्चिममै दार्चुलाको शैल्यशिखर नगरपालिकामा सबैभन्दा बढी बेरुजु आएको छ। सबैभन्दा बढी बेरुजु आएको दार्चुलाको शैल्यशिखर नगरपालिकाले १ अरब ३४ करोड ६५ लाख ९८ हजारको लेखापरीक्षण भएकोमा ११.९१ प्रतिशत अर्थात १६ करोड ३६ लाख ३ हजार बेरुजु आएको महालेखाको ६० औं प्रतिबेदनमा उल्लेख छ।

सुदूरपश्चिममा सबैभन्दा कम बेरुजु अछामको बान्निगढी जयगढ गाउँपालिकाले आएको छ। कुल ९३ करोड ६७ लाख ५१ हजारको कुल लेखापरीक्षण गरेको ०.९४ प्रतिशत अर्थात ८८ लाख ४ हजार प्रतिबेदनमा उल्लेख छ।
प्रचलित कानुन बमोजिम पुर्याउनुपर्ने रीत नपुर्याइ कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको, बेमुनासिब तरिकाले आर्थिक कारोबार गरेको रकम कलमलाई बेरुजु भनिन्छ ।
