No.1 News Portal from Sudurpashchim Province
bajaj

नौगाड घटना अपडेट : घरबाट बिषुको मेला हेर्न सिप्टी गएका थिए किशोर–किशोरी

गोकुलेश्वर।दार्चुलाको नौगाड गाउँपालिका–४ सिप्टी जाने बाटो बौलासल्याडमा अन्दाजी १६/१७ वर्षका जस्ता लाग्ने किशोर र किशोरी मृत भेटिएका छन् ।

बौलासल्याडको भीरमा शव अड्किएको अवस्थामा उनीहरु बिहिबार मृत भेटिएका हुन् । मृत भेटिनेमा नौगाड गाउँपालिका—४ होपरीका लोकेन्द्र ठगुन्ना र नौगाड—४ डाडागाउँकी सञ्जिता धामी रहेकी छिन् ।

किशोरी धामीको शव चोटपटक लागेको अवस्थामा फेला परेको हो । किशोर ठगुन्नाको शव किशोरीको शव भन्दा करिब ४०/५० मिटर तल भिरमा अड्किएको अवस्थामा फेला परेको हो ।

यस्तै सोही ठाउँमा दुई वटा मोबाइल फोन फेला परेका छन् । एउटा फुटाएको र अर्को नफुटाइएको अवस्थामा फेला परेको हो ।

pm office

घटनाको जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्जार्च प्रहरी निरीक्षक गोबिन्द भण्डारी नेतृत्वको टोली गएको थियो ।

बिहिबार राति भएकाले किशोर ठगुन्नाको शव भिरबाट झिक्न सकिएको थिएन । उनको शव शुक्रबार बिहान निकालिएको प्रहरी निरीक्षक भण्डारीले बताए ।

 घटना स्थलको सबै काम सकेर शव पोष्र्टमाटमका लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

सिप्टीमा नयाँ वर्षको अवसरमा ३,४ दिनसम्म बिषु पर्वको मेला लाग्छ । उनीहरु मेला हेर्न भनेर घरबाट सिप्टी गएका थिए ।

संकास्पद अवस्थामा २ जनाको शव भेटिएपछि अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक भण्डारीले बताए ।

बिहिबार बिहान साढे ७ बजेतिर ती किशोर र किशोरीसँगै बौलासल्याडमा बाटोमा बसिरहेको प्रतक्षदर्शी स्थानीयले बताएका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.