गोकुलेश्वर। दार्चुलामा एक युवक र युवतीको शव फेला परेको छ । जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टी जाने बाटो बौलासल्याडमा अन्दाजी २३/२४ वर्षका जस्ता लाग्ने युवक र युवतीको शव फेला परेको हो।
युवतीको शव चोटपटक लागेको अवस्थामा फेला परेको छभने युवकको शव भिरमा अडकिएको अवस्थामा फेला परेको छ ।यस्तै सोठी ठाउँमा एउटा मोबाइल फोन फुटाएको अवस्था र एउटा मोबाइल फोन नफुटाइएको अवस्थामा फेला परेको छ ।

अहिले इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्जार्च प्रहरी निरीक्षक गोबिन्द भण्डारी नेतृत्वको टोली घटना स्थलमा छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भण्डारीले बताए ।
बिहिबार (आज) बिहान साढे ७ बजेतिर ती युवक र युवती संगै बौलासल्याड बाटोमा बसिरहेका प्रतक्ष्यदर्शी स्थानीयले बताएका छन् । ती युवक र युवतीको पहिचान भएको छैन् ।




