No.1 News Portal from Sudurpashchim Province
bajaj

मृगौला पिडीत धामीलाई डिलाशैनी युवा सञ्जाल (एसएनएस—२४) को आर्थिक सहयोग

गोकुलेश्वर। डिलाशैनी युवा सञ्जाल (एसएनएस—२४) ले मृगौला पिडीत पदम धामीलाई आर्थिक सहयोग गरेको छ ।

बैतडीको डिलाशैनी गाउँपालिका—७ धामीगाउँ (सुंरेखाली) का मृगौला पिडीत धामीलाई ३० हजार भारु अर्थात ४८ हजार नेपाली आर्थिक सहयोग गरेको हो ।

एसएनएस—२४ ले मृगौला पिडीत पदम धामी बचाऔं अभियान सुरु गरि भारतको बेंगलोरबाट सो रकम पिडीतलाई पठाएको हो । यस्तै सञ्जालले पिडीतको कुमारी बैंकमा रहेको खातामा १७ हजार ७ सय ५ रुपयाँ समेत जमा गरेको छ ।

pm office

नेपाल, भारत, जापान तथा अन्य विभिन्न देशमा रहेका नेपालीहरुबाट सो रकम प्रदान भएको एसएनएस—२४ले जनाएको छ ।

धामीलाई उपचारका लागि आर्थिक अभाव भएको खबर पाएपछि हामीले देश विदेशमा रहेका सबै बन्धुहरुलाई सहयोगको आग्रह गरेका थियौं,’ डिलाशैनी युवा सञ्जाल एसएनएस—२४ का अध्यक्ष राजेन्द्र धामी (राधा) ले भने, ‘देश विदेशमा रहेका सबैले सक्दो सहयोग गरे, अझै पनि हामी अन्य सहयोगी मनहरुमा अनुरोध गरिरहेका छौ ।’

यसैगरी सञ्जालले सहयोगी मनहरलाई सहयोग गर्नका लागि अनुरोध गर्नुका साथै धामीको स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

एसएनएस—२४ सञ्जालले विभिन्न रोगबाट पीडित बिरामीहरूलाई विगतमा पनि आर्थिक सहयोग र समाजसेवा क्षेत्रमा काम गर्दै आएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.