No.1 News Portal from Sudurpashchim Province
bajaj

अपिहिमालमा नेकपा एसको गाउँ कमिटी गठन,अध्यक्षमा धामी

गोकुलेश्वर। दार्चुलाको अपिहिमाल गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) को गाउँ कमिटी गठन गरिएको छ ।

केशव धामीको अध्यक्षतामा २३ सदस्यीय गाउँ कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा पानसिंह ठेकरे,गोकर्ण ठेकरे चयन भएका छन् भने सचिवमा कहेश कार्की रहेका छन् ।

त्यस्तै, सह सचिवमा दिप्ला ठेकरे र भरतसिंह ठेकरे रहनेगरी २३ सदस्यीय गाउँ कमिटी गठन गरेको नेकपा एस दार्चुलाकी उपाध्यक्ष रुक्मती जागरी (राधा)ले बताइन् ।

pm office

उनका अनुसार अपिहिमाल गाउँपालिकाका ६ वटै वडामा वडा संयोजक चयन गरिएका छन् । वडा नम्बर १ को संयोजकमा भरतसिंह जागरी, २ को संयोजकमा,उपेन्द्र कार्की,३ को गजेन्द्र बोहरा,४ को तोयराज धामी,५ को अमरसिंह धामी र वडा नम्बर ६ को संयोजकमा उदय महता र सह संयोजकमा उपेन्द्र धामी चयन भएका छन् ।

कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा एस दार्चुलाकी उपाध्यक्ष जागरीले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

आइतबार जेष्ठ नागरिक गणेशराजसिंह मन्यालको अध्यक्षता र नेकपा एस दार्चुलाकी उपाध्यक्ष जागरीको प्रमुख आथित्यतामा बैठक बसि कमिटी गठन गरेको हो ।

नेकपा एस दार्चुलाले जिल्लाका ९ ओटै पालिकामा संगठन सुदृढीकरण,संगठन निमार्ण अभियान अन्तर्गत पार्टी र जनसङ्गठनका विभिन्न कार्यक्रमहरू निरन्तर रुपमा गरिरहेको छ ।

संगठन सुदृढीकरण, सदस्यता नवीकरण, नयाँ सदस्य प्रदान, जनसङ्गठनका सदस्यता नवीकरण, विस्तार गठन र पुनर्गठनका कामहरू भइरहेका उपाध्यक्ष जागरीले बताइन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.