गोकुलेश्वर।दार्चुलामा जुवाको खालबाट १० जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको महाकाली नगरपालिका—४ बाङ्गबगरबाट जुवा खेलिरहेको अवस्थामा शुक्रबार प्रहरीले १० जना जुवाडेलाई पक्राउ गरेको हो ।

बांगाबगरस्थित गणेशसिंह बुढाथोकीको घरमा जुवा खेलिरहेका नौगाड गाउँपालिका—६ का गगन धामी,नौगाड गाउँपालिका—४ का जयसिंह धामी, कमलसिंह धामी, कमलसिंह ठगुन्ना, महाकाली नगरपालिका–४जनक लुहार,अरबिन बुढाथोकी, महाकाली नगरपालिका–१ का मानसिंह कार्की र दुहुँ गाउँपालिका—५ का देवराम पार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
उनीहरुको साथबाट नगद ४३ हजार ५ सय ६८ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।विशेष सूचनाका आधारमा बुढाथोकीको घरमा छापा हान्दा जुवाको खालबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले बताए ।



