No.1 News Portal from Sudurpashchim Province
bajaj

बझाङमा ९० कुकुरको बन्ध्याकरण

बझाङ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बझाङले सामुदायिक छाडा छोडिएका तथा घरपालुवा ९० बढी कुकुरको बन्ध्याकरण गरेको छ ।

बजार तथा समुदायमा कुकुरका कारण विभिन्न समस्या हुने भएकोले सामुदायिक कुकुरको संख्या घटाउन शिविर संचालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बझांङले जनाएको छ।

कुकुरको जनसंख्या बढ्न नदिन तथा उचित ब्यवस्थापनका लागी बन्ध्याकरण गरीएको उहाले कार्यालय प्रमुख बिनोद कडायतले बताए ।

pm office

छाडा कुकुरको संख्या दिनहुँ बढेसँगै मान्छेलाई समेत धेरै टोक्न थालेपछि २ दिने शिविर सञ्चालन गरी ९० भन्दा बढि कुकुरको बन्ध्याकरण गरेकीएको उनको भनाइ छ । १ सय बढि कुकुरलाई निशुल्क रेबिज बिरुद्धको एन्टिडेभिज भ्याक्सिन लगाइएको छ ।

मुख्य बजार क्षेत्रमा छाडा कुकुरको संख्या बढ्दै जाँदा रेबिज रोगको सङ्क्रमण हुने खतरा भएकाले कुकुरको बन्ध्याकरणका साथै रेविज विरुद्धको खोप समेत लगाइएको हो। ‘कुकुरहरुको बन्ध्याकरण गरेपछि कुकुरको संख्या बढ्न पाउदैन । यसले रेबिजको जोखिम पनि कम हुन्छ ’उनले भने ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बझांङको आयोजना र केन्द्रीय रिफरल अस्पताल त्रिपुरेश्वर काठमाडौँको बिशेषज्ञ सेवामा शिविर सञ्चालन गरीएको हो ।

शिबिरमा केन्द्रिय रिफरल पशु चिकित्सक त्रिपुरेश्वर काठमाडौँका डा.बिकास गिरी, डा. भरत रेग्मी ,प्राविधिक राजिब यादब सहितको टोलिले सेवा दिएका थिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.