No.1 News Portal from Sudurpashchim Province
bajaj

अनेमसंघ समाजवादी दार्चुलाको अध्यक्षमा धनुषा पाल

गोकुलेश्वर।अखिल नेपाल महिला संघ (समाजवादी) को दार्चुला जिल्ला कमिटी गठन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अनेमसंघले धनुषा पालको अध्यक्ष्तामा १३ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । 

कमिटीको उपाध्यक्षमा कलावती पार्की रहेकी छिन भने सचिवमा बसन्ती ठगुन्ना रहेकी छिन् । त्यस्तै, सह सचिवमा ईश्वरी ऐरी तथा कोषाध्यक्षमा बिन्दु अवस्थी चुनिनु भएकी छिन् ।

pm office

कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई अनेमसंघ केन्द्रिय कमिटी सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दार्चुला उपाध्यक्ष रुक्मती जागरी (राधा)ले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

शुत्रबार अनेमसंघकी केन्द्रिय सदस्य जागरीको अध्यक्षतामा बैठक बसि कमिटी गठन गरिएको हो ।

यसैगरी नेकपा एस दार्चुलाले जिल्लाका ९ ओटै पालिकामा संगठन सुदृढीकरण,संगठन निमार्ण अभियान अन्तर्गत पार्टी र जनसङ्गठनका विभिन्न कार्यक्रमहरू निरन्तर रुपमा चलिरहेका उपाध्यक्ष जागरीले बताइन् ।

उनका अनुसार संगठन सुदृढीकरण, सदस्यता नवीकरण, नयाँ सदस्य प्रदान, जनसङ्गठनका सदस्यता नवीकरण, विस्तार गठन र पुनर्गठनका कामहरू भइरहेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.