No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा मोटरसाइकलले ठक्कर दिदाँ तीन विद्यार्थी घाइते

गोकुलेश्वर। दार्चुलामा मोटरसाइकलले ठक्कर दिदाँ तीन विद्यार्थी घाइते भएका छन् । जिल्लाको महाकाली नगरपालिका—७ धापमा म २ प ३९४६ नम्बरको मोटरसाइकलले शुक्रबार मध्यान्ह १२ बजेतिर मालिकार्जुन नमूना मावि धापका विद्यार्थीलाई ठक्कर दिएको हो ।

pm office

मोटरसाइकलको ठक्करबाट महाकाली नगरपालिका—८ का १८ वर्षीया सरस्वती भाट, कमला भट्ट र माधवी पाल घाइते भएकी हुन् । भाटको टाउकोमा चोट लागेको छ । उनको अवस्था मध्यम छ । यस्तै भट्टको खुट्टा र पालको टाउकोमा चोट लागेको तथा उनीहरुको अवस्था सामान्य रहेको छ ।

मोटरसाइकल चालक महाकाली नगरपालिका–४ का १८ वर्षीय सक्षम निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल अनियंत्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.