गोकुलेश्वर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले गहुँ थ्रेसिङको न्यूनतम दररेट निर्धारण गरेको छ।

नगर प्रमुख रणबहादुर महराको अध्यक्षतामा बसेको दररेट निर्धारण समितिको बैठकले नगरपालिका क्षेत्रभित्रका किसानहरुको गहुँ थ्रेसिङ गर्नका लागि न्यूनतम दररेट तोकेको हो ।
प्रतिघण्टा २ हजार ५ सय रुपैयाँ वा १४ बोरा गहुँ थ्रेसिङ गर्दा एक बोरा पाउँने गरी थ्रेसिङ गर्नरगराउन पालिकाले निर्देशन जारी गरेको प्रवक्ता लालबहादुर ऐरले बताए ।
‘खेती, किसानीमा निक्कै दुःख छ, दररेटमा एकरुपता नहुँदा किसान मारमा छन्, त्यसैलाई मध्यनजर गरी दररेट तोकेका छौँ, यसै निर्णयमा टेकेर काम गर्न अनुरोध छ,’ उनले भने ।



