गोकुलेश्वर। दार्चुलामा एमाले उपाध्यक्षले ढुङ्गा हान्दा काङ्ग्रेसका पुर्व सचिव घाइते भएका छन् ।

नेकपा एमाले दार्चुलाका जिल्ला उपाध्यक्ष चरन सिंह बुढाथोकीको ढुङ्गा प्रहारबाट नेपाली काङ्ग्रेसका पूर्व जिल्ला सचिव हरक बिष्ट घाइते भएका हुन् ।
बुधबार राती करिब पौने ९ बजेतिर महाकाली नगरपालिका—४ सुपथ मुल्य पसल अगाडि बुढाथोकीले बिष्टमाथि ढुङ्गा प्रहार गर्दा उनको हात र खुट्टामा चोट लागेको छ ।
घटनाबारे प्रहरीलाई जानकारी दिइएको छ । बिष्टको अहिले जिल्ला अस्पतालमा उपचार भैरहेको छ । घटना किन भयो ? त्यसको सम्पुर्ण विवरण खुलिसकेको छैन ।
