No.1 News Portal from Sudurpashchim Province
bajaj

साईपाल गाउँपालिकाले गरिबको पीडा बुझेन्,कार्यकर्तालाई बजेट !

बझाङ।जिल्लाको साईपाल गाउँपालिका—४ धुलि गाउँका भिम बहादुर रोकायाकी ३४ बर्षिया श्रीमती भौता रोकाया गत माघमा बिरामी परिन् ।

साह्रै पेट दुखेकाले उनले उपचारका लागी चैनपुर स्थित जिल्ला अस्पताल बझाङ लिए । जिल्ला अस्पतालमा सम्भव नभएपछि थप उपचारका लागी रोकायाले आफ्नो परिवारलाई धनगढी लिए ।

डाक्टरले कलेजोको अप्रेसन गर्नुपर्छ भने ।कलेजोको अप्रेशन गर्न ६ लाख रुपिँया लाग्ने बताएपछि रोकायालाई आर्थिक समस्या पर्यो । रोकाया एक समान्य कृषक हुन् । कृषि पेशाबाट उनलाई खान मात्र पुग्ने भएकाले आर्थिक आम्दानीको अन्य श्रोत नभएकाले आर्थिक समस्या पर्यो ।

pm office

उनले रोकायासंग आर्थिक अवस्था कमजोर भएपछि साईपाल गाउँपालिकालाई गुहारे । उनि चैत १ गते निवेदन लगेर गाउँपालिकामा गए । पटकपटक अध्यक्ष तथा पालिकाका जनप्रतिनिधीहरुलाई गुहारे, तर उनको ब्यथा पालिकाका कसैले सुनेनन् ।

तर उनको समस्या बारे आमजनमानसले थाहापाएपछि उनलाई केहि रकम देश तथा विदेशमा रहेका व्यक्तिहरुले सहयोग गरे । रोकायालाई साईपाल गाउपालिकाका राजेन्द्र धामिले दस हजार त्यसै गरि अन्य ब्यति गरेर उनको उपचारको सहयोगको लागि पैतिस हजार सहयोग उठ्यो तर गाउपालिकाले भने एक पैसा पनि सहयोग गरेरन पिडित ब्यतिले भनाइ छ।

गाउपालिकाबाट विभिन्न ब्यति गरेर सात लाख त्रिहत्तर हजार रुपैयाँ कार्यकता मुखि बजेट बिरामि भनेर बाड्यो । तर, यस्ता दुखि गरिवलाई कुनै सहयोग गरेन। सिहदरबारको सेवा गाउमा भने पनि यस्ता दुखि गरिवको लागि भने कुनै उपलब्धि नभएको देखिन्छ ।

जनप्रतिनिधि भए पछि जनताको सेवा गर्ने ठाउमा आपनो कार्यकता मुखि विभिन्न काम मात्र गरेको देखिन्छ। गाउँपालिकाले चालीस जना कार्यकतालाई बिरामि भएको निवेदन वनाएर पत्येक ब्यतिलाई दस देखि बीस हजार दिएको देखिन्छ ।

तर यस्ता गरिव जुनि निकै पिडित ब्यतिलाई कुनै पनि आर्थिक सहयोग नगरेको पाएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.