गोकुलेश्वर। दार्चुलामा मंगलबार एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीका अनुसार जिल्लाको नौगाड गाउँपालिका—३ का २० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
उनी भारतको चेन्नइबाट घर फर्केका थिए । एन्टिजेन परिक्षण गर्दा कोरोना संक्रमित पुष्टि भएको हो । जिल्लामा कोरोना भाइरसको संक्रमण पुनः देखिन थालेको छ ।
पछिल्लो समय सीमानाका पुलघाटमा दैनिक कोरोना परिक्षण भइरहेको छ ।



