No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखर पोलिक्लिनिकमा चैत २५ गते छाला, यौन तथा कुष्ठरोग रोग विशेषज्ञ डाक्टर आउने,यी रोगको हुनेछ उपचार

गोकुलेश्वर।दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर स्थित शैल्यशिखर पोलिक्लिनिक प्रा.लि.मा यहि चैत २५ गते (शनिबार) बरिस्ठ छाला,यौन रोग,कुष्ठरोग, कपाल तथा सौन्दर्य रोग विशेषज्ञ डा.के.बी शाहीले विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गर्ने भएका छन् ।

उनले छालामा भएका विभिन्न समस्याहरु छाला चिलाउने,छाला फुस्रो भएको,कालोपोतो,मुसा पलाएको,डण्डीफोर,एलर्जी,ठेला परेको,लुतो लागेको दाद भएको ,कपाल झर्नु अथवा तालु खुइलेकोे,कुष्ठ रोगको उपचार गर्ने छन् ।

यसैगरी यौन रोग तथा यौन दुर्वलता,नङ सम्बन्धी सम्पुर्ण समस्या,बच्चाहरुको छाला सम्बन्धी समस्या,मुसा कोठी,कालो धब्बा मेसिनद्धारा हटाइने,शरिरमा भएका कुनै पनि रौंहरु मेसिनद्धारा सदाका लागि हटाइने,नयाँ तथा पुराना दादहरको जरैदेखि निमुर्ल पारिने लगायत छाला सम्बन्धी सबै रोगहरुको विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गर्ने छन् ।

pm office

०९३४०००३९ मा फोन गरेर समेत नाम दर्ता गर्न सकिने पोलिक्लिनिक जनाएको छ । चेकजाँच विहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म हुने छ ।

पोलिक्लिनिकले विगत १ वर्षदेखी विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गर्दै आएको छ । यहाँ हरेक शनिबार विशेषज्ञ डाक्टर आउने गर्दछन् ।

सामान्य एवंम जटिल प्रकृतिका रोगको उपचारका लागि टाढाटाढा जानुपर्ने बाध्यताको अन्त्य शैल्यशिखर पोलिक्लिनिकले गरेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.