No.1 News Portal from Sudurpashchim Province
bajaj

जीवन बुडाल मृत्यु प्रकरण : दशरथचन्द नगरपालिकाका मेयर प्रत्याशीसहित ४ जना जेल चलान

गोकुलेश्वर। बैतडीको दशरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय जीवन बुडालको हत्या आरोप लागेका चार जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत बैतडीले बुडालको हत्या आरोप लागेका चार जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

कर्तव्य ज्यान मुद्दामा न्यायधीश जयानन्द पनेरुको इजलाशले नारायण सिंह ऐरी (मृतकका भिनाजु), अर्जुन सिंह रावल, भीम सिंह ठगुन्ना र गजेन्द्र सिंह रावललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको हो ।

गजेन्द्र सिंह रावल दशरथचन्द नगरपालिका–६ का निवर्तमान वडाध्यक्ष हुन । उनी यसपटकको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट दशरथचन्द नगरपालिकाको मेयर पदमा चुनाव लडेका थिए ।

१३ फागुनमा साथी र इष्टमित्रसँग पिकनिक मनाउन गएका बुडाल दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदीमा मृत भेटिएका थिए ।

pm office

राष्ट्रिय अनुसन्धान विभागको सहायक सुचकको रुपमा बझाङमा कार्यरत बुडाल विदामा घर आएका बेला साथीहरुसँग पिकनिक गएका थिए ।

उनी चौलानी नदीमा रहस्यमयी ढंगले मृत भेटिएपछि पत्नी अनिषाले कर्तव्य ज्यान मुद्दामा सँगै पिकनिक मनाउन गएका १२ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

जिल्ला अदालतले हत्या आरोपी १२ जनामध्ये तीन जनालाई साधारण तारिखमा छोड्ने आदेश गरेको तहसिलदार तिर्थराज आचार्यले जानकारी दिए ।

उनका अनुसार मोहनसिंह ठगुन्ना, केशव सिंह रावल र भुवनराम लुहार तारिखमा रिहा भएका छन् । लुहार जिप चालक हुन् ।

पाँच जना आरोपी भने धरौटीमा रिहा भएका छन् । दिपेन्द्रसिंह ऐरी, पुष्पराज भट्ट र तेजसिंह खत्री जनही एक लाख ५० हजार धरौटीमा रिहा भए ।

यस्तै, नविन सिंह ठगुन्ना र श्याम सिंह ऐरी जनही ५० हजार धरौटी बुझाएर रिहा भएका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.