No.1 News Portal from Sudurpashchim Province
bajaj

एसईईको प्रश्नपत्र १५ मिनेटमै आउट,एक जना पक्राउ

गोकुलेश्वर। बारामा एसईई परीक्षा सुरू भएलगत्तै अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको छ ।

आदर्श कोतवाल गाउँपालिकामा पर्ने महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट प्रश्नपत्र फेसबुकबाट आउट भएको हो । प्रश्नपत्र बाहिर ल्याएको आरोपमा बारामा एक जना पक्राउ परेका छन् ।

pm office

मोबाइलमा ह्वाट्सएप नम्बरमा आजको अङ्ग्रेजी विषयको प्रश्नपत्र बाहिर ल्याएको आरोपमा उनलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो ।

उनले भने, ‘परीक्षा सुरू भएको १५ मिनेटभित्रै प्रश्नपत्र बाहिर आयो । च्यूटाँहा मावि परीक्षा केन्द्रका केन्द्राध्यक्षले यहाँबाट आउट नभएको भनेका छन् ।

केन्द्राध्यक्ष र गार्ड बसेका शिक्षकहरूको लापरबाहीले सामाजिक सञ्जालमार्फत परीक्षार्थीले नै प्रश्नपत्र आउट गरेको हुनसक्ने भन्दै आलोचना भएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.