
गोकुलेश्वर । दार्चुलाको महाकाली नदी किनारमा एक पुरुषको शव फेला परेको छ।
जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर ६ बडुघाटमा एक जना पुरुषको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बिहीवार बिहान बडुगाउँको पुलमुनि अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको हो। शवको पहिचान भएको छैन। प्रहरीको टोली घटना स्थलमा छ।
