No.1 News Portal from Sudurpashchim Province
bajaj

बास बझाङले पनि बुझाए भस्टचार बिरुद्ध ११बुद्धे ज्ञापनपत्र

रमेश बहादुर सिंह बझाङ ।
बागेश्वरी असल शासन क्लव (बास) ले जिल्ला प्रशासन कार्यालय बझाङमा भ्रष्टाचार विरुद्ध ज्ञापनपत्र दिएको छ। जिल्लामा हुने गरेका अनियमितता, ढिलासुस्ती, घुसखोरी र भ्रष्टाचारविरुद्ध बास नेपाल बझाङ शाखाले ज्ञापनपत्र दिएको हो।

बास नेपालले मंगलबार देशभरीका ७७ वटै जिल्लामा धर्ना दिएसँगै बास नेपाल बझाङ शाखाले पनि प्रशासन कार्यालय बझाङमा ज्ञापन पत्र बुझाउनुका साथै भस्टचार बिरुद्ध सरकारी कार्यालयमा सबैभन्दा धेरै हुने गरेको यसको छिटोभन्दा छिटो निग्गरानि गर्नेु पर्ने बारेमा प्रमुख जिल्ला अधिकारी लाई ध्यानाकर्षण गराएको छ।

pm office

बास नेपाल बझाङका अध्यक्ष रमेश बहादुर सिहले जिल्लामा व्याप्त भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, घुसखोरी जस्ता बेथितिका विरुद्ध जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो।

उक्त ज्ञापनपत्रमा कुनै पनि सरकारी निकायले सरल र सहज ढंगले जनतालाई सुविधा दिनुपर्ने, सरकारी कर्मचारी जनताप्रति जवाफदेही हुनुका साथै सेवाग्राहीलाई सम्मान गर्नुपर्ने उल्लेख छ। ज्ञापनपत्र बुुझ्दै प्रजिअ नारायण पाण्डेले कार्यालयमा हुने यस्ता कार्यप्रति आफूले निगरानी राख्नुको साथै सुशासन कायम गर्न पूर्णरुपमा सचेत रहने प्रतिबद्धता जाहेर गरेका छन्।

सुशासन कायम गर्न पूर्णरुपमा सचेत रहने प्रतिबद्धता जाहेर गरेका छन्।उत्त कार्यक्रममा बझाङका पत्रकार महासघका पृर्व अध्यक्ष जगदिश रोकाया कान्तिपुर कर्मि वसन्त प्रत्ताव सिह बास नेपाल बझाङका सल्लाहकार तथा पत्रकार महासघ बझाङका सचिब ललित सिह लगाएत अन्य पत्रकारहरुको उपस्थितिमा ज्ञापनपत्र दिएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.