No.1 News Portal from Sudurpashchim Province
bajaj

नेकपा एस दार्चुलाको संगठन सुदृढीकरण अभियान जारी

गोकुलेश्वर।नेकपा एकीकृत समाजवादी दार्चुलाले जिल्लाका ९ वटै स्थानीयतहमा संगठन सुदृढीकरण,संगठन निमार्ण अभियान सञ्चालन गरिरहेको छ ।

सोही क्रममा मंगलबार(आज)नौगाड गाउँपालिकामा संगठन सुदृढीकरण, सदस्यता नवीकरण, नयाँ सदस्य प्रदान गर्ने कार्यक्रम सम्पन्न गरेको छ । यस्तै नौगाड गाउँकमिटीको अध्यावधीक समेत गरिएको छ ।

संगठन सुदृढीकरण अभियानमा नेकपा माअ‍ेवादी केन्द्र परित्याग गरि २ जनाले नेकपा एसमा प्रवेश गरेको एस दार्चुलाका अध्यक्ष बिरबहादुर ठगुन्नाले बताए ।

उनीहरुलाई पोलिटब्युरो सदस्य रामकुमार ज्ञवाली सपथ पार्टीमा स्वागत गरेका हुन् ।

उनका अनुसार नौगाडका सबै वडामा चैत मसान्तसम्म वडा कमिटीको अध्यवधकि, सदस्यता नवीकरण, नयाँ सदस्य प्रदान गरिसकिने छ ।

pm office

यसैगरी चैत ११ र १२ गते अपिहिमाल गाउँपालिकामा संगठन सुदृढीकरण,संगठन निमार्ण, सदस्यता नवीकरण, नयाँ सदस्य प्रदान तथा वडा कमिटी विस्तार गरिसकेको छ ।

सोमबार मार्मा गाउँपालिकामा गाउँ कमिटी विस्तार गरिसकेको अध्यक्ष ठगुन्नाले बताए । मार्माका सबै वडामा चैत मसान्तसम्म कमिटी विस्तार गरिने उनले बताए ।

चैत १६ गते शैल्यशिखर नगरपालिकामा संगठन सुदृढीकरण,संगठन निमार्ण, सदस्यता नवीकरण, नयाँ सदस्य प्रदान गरिने अध्यक्ष ठगुन्नाले बताएका छन् ।

संगठन सुदृढीकरण अभियान चैत १० गतेखेखी सुरु भएको हो ।अभियान १ महिना सम्म चल्ने छ । अभियानका दौरानमा संगठन सुदृढीकरण, सदस्यता नवीकरण, नयाँ सदस्य प्रदान गर्ने लगायतका कामहरु भइरहेका छन् ।

अभियानमा नेकपा एसका पोलिटब्युरो सदस्य रामकुमार ज्ञवाली,एस दार्चुलाका इन्चार्ज नरेन्द्र बिष्ट,एस दार्चुला अध्यक्ष बिरबहादुर ठगुन्ना,उपाध्यक्ष रुक्मती जागरी खटिएका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.