गोकुलेश्वर।नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले कालापानी क्षेत्रमा जनगणना नगरिएकोबारे सरकारलाई प्रश्न सोधेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना किन नगरेको भन्दै उनले प्रश्न उठाएका हुन ।
प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै कुँवरले जनगणना नभएको कुरा के हो? भनेर प्रश्न गरे।
‘जनगणनाको तथ्यांक सार्वजनिक भएको छ। त्यो जनगणना गर्दा कालापानी, लिपुलेक र लिम्पियाधुराको जनगणना नभएको भन्ने जानकारी आयो। के यो साँचो हो? हाम्रो देशको सबैभन्दा धेरै चर्चा भएको ठाउँको जनगणना किन भएनरु २०१८ सालमा जनगणना भएको क्षेत्रमा अहिले किन हुन सकेन? सम्बन्धित निकायले जवाफ देओस्,’ उनले भने ।
