गोकुलेश्वर।नेपाल इन्भेस्टमेन्ट मेगा बैँकको गोकुलेश्वर शाखाले विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।बैँकको शाखाले आइतबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैँकका शाखा प्रमुख सुरेन्द्र भट्टले कार्यक्रमको विषय वस्तुमाथि प्रकाश पार्दै वित्तिय साक्षरताको आवश्यकता,निक्षेप प्रोडक्टहरु, कर्जाका प्रोडक्टहरु बैंकको डिजिटल प्रोडक्टहरु र तिनको उपयोग तथा प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीहरुको वारेमा चर्चा गर्नुभएको थियो ।


उक्त कार्यक्रम गोकुलेश्वर माविमा सम्पन्न गरिएको नेपाल इन्भेस्टमेन्ट मेगा बैँकको शाखा इन्चार्ज अनिलसिह धामीले बताए ।
कार्यक्रममा बैंकका कर्मचारी, शिक्षक र विद्यायलमा अध्ययरत करिब ६० जना बढी छात्रछात्राहरुको उपस्थिति रहेको थियो ।




