No.1 News Portal from Sudurpashchim Province
bajaj

पत्रकारहरुलाई निःशुल्क चस्मा र औषधि वितरण गरिने

गोकुलेश्वर। नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवस र नेपाल नेत्र ज्योति संघको ४५ औं स्थापना दिवसको अवसरमा महासंघ र संघको संयुक्त सहकार्यमा पत्रकारहरु लाई निःशुल्क चस्मा र औषधि वितरण गरिने भएको छ ।

pm office

सुदूरपश्चिम प्रदेश गेटा आँखा अस्पतालद्वारा यही चैत्र १३ गते  भाेली शिविरमा पत्रकारको निःशुल्क आँखा जाँच र आवश्यकतानुसार निःशुल्क चस्मा र औषधि वितरण गरिने सम्बन्धित जिल्लाका सम्पूर्ण पत्रकारहरुलाई अनुरोध गरेको छ। पत्रकारले आँखा जाँच गर्न जाँदा पत्रकारको परिचय खुल्ने परिचय पत्र अनिवार्य रुपमा लिएर आउन सूचना भनिएको छ ।

दार्चुला,बैतडी,डडेल्धुरा,बझाङ,बाजुरा,अछाम,कञ्चनपुर र डोटी जिल्ला शाखालाई सम्बन्धित जिल्लामा नेत्र ज्योति संघ तथा गेटा आँखा अस्पतालद्वारा सञ्चालित आँखा उपचार केन्द्रहरुसंग सहकार्य गरी पत्रकारको निःशुल्क आँखा जाँच र आवश्यकतानुसार निःशुल्क चस्मा र औषधि वितरण गरिने नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.