गोकुलेश्वर। सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले उत्कृष्ट विद्यार्थीका लागि चिकित्सा शिक्षा अध्ययन छात्रवृत्ति वितरण गर्ने भएको छ ।
एकिकृत छात्रवृत्ति व्यवस्थापन निर्देशिका २०७६९ दोस्रो संशोधन सहित बमोजिम चिकित्सा शिक्षा आयोगबाट २०७९ फाल्गुनमा सञ्चालित MBBS प्रवेश परीक्षा उत्तीर्ण गरी नतिजामा नाम समावेश भएका सुदुरपश्चिम प्रदेशमा स्थायी वसोवास भएका दलित, आदिवासी जनजाति, सिमान्तकृत लोपोन्मुख समुदाय, पिछिडिएको क्षेत्र र जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीका लागि चिकित्सा शिक्षा अध्ययन छात्रवृत्ति वितरण गर्न लागेको हो ।
आवेदन दिन नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी, स्थायी बसोबास भएको स्थानीय तहबाट हालका मिति सम्म स्थायी बसोबास रहेको व्यहोरा खुल्ने सिफारिस पत्र, विद्यार्थीले कक्षा ८, १० र १२ को अध्ययन पुरा गरेको ग्रेडसिट र चारित्रिक प्रमाणपत्रको प्रतिलिपी, विद्यार्थीले कक्षा ८ १० र १२
अध्ययन गरेको विद्यालय सामुदायिक, संस्थागत सार्वजनिक शैक्षिक गुठी, निजी शैक्षिक गुठी, निजी विद्यालय भएको व्यहोरा खुल्ने गरी सम्बन्धित

जिल्लाको शिक्षा विकास तथा समन्वय इकाई र सम्बन्धित स्थानीय तहको सिफारिस पत्र, नेपाल सरकार वा प्रदेश सरकारबाट उपलब्ध हुने छात्रवृत्ति कोटामा छनौट भई कक्षा ८ १०, १२ मा अध्ययन पुरा गरेका आवेदकको हकमा छात्रवृति दिने सरकारी संस्था वा निकाय र सम्बन्धित विद्यालयको छात्रवृत्तिको प्रकृति खुल्ने गरी गरेको सिफारिस पत्र ।
CTEVT बाट सम्बन्धन प्राप्त वा आंगिक प्राविधिक शिक्षालयबाट तीनवर्षे डिप्लोमा उत्तिर्ण गर्नेको हकमा डिप्लोमा उत्तीर्ण मार्कसिट वा ग्रेडसिटका साथै निजले पूर्ण छात्रवृत्तिमा अध्ययन गरेको भए छात्रवृत्ति दिने निकाय र प्राविधिक शिक्षालयको पत्र संलग्न राख्नु पर्ने, दलित, जनजाति, आदिवासी, लोपोन्मुख वर्ग, सीमान्तकृत समुदायको क्लष्टरभित्र परेको स्पष्ट खुल्ने सम्बन्धित आधिकारिक
संस्था र निकायहरु सम्बन्धित स्थानीय तहरजिल्ला प्रशासन कार्यालयरसम्बन्धित आयोग को सिफारिस वा सम्बन्धित प्रमाणित कागजातको सक्कलै प्रति, चिकित्सा शिक्षा आयोगबाट सञ्चालित MBBS प्रवेश परिक्षामा विद्यार्थीले प्राप्त गरेको अंकर RANK खुल्ने प्रमाण,बुझाउन सूचना मा भनिएको छ ।
आवेदन पेश गर्नु पर्ने अन्तिम मिति र समयः २०७१।१२।१२ गते देखि २०७९।१२।२६ गतेसम्म । आवेदन दिन सकिने जनाएको छ ।




