No.1 News Portal from Sudurpashchim Province
bajaj

कृषिमा बझाङका तीन जना कृषक समानित

रमेश बहादुर सिंह बझाङ ।

बझाङका जिल्लाका तीन जना किसान पुरस्कृत भएका छन् । कृषि निर्देशनालय दिपायलले बझाङ जिल्लामा रaही कृर्षि क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै भीमदत्त उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत भएकाहुन् । पुस्कृत हुनेमा जिल्लाको जयपृथ्वी नगरपालिका वडा नँ–२ मोरतोलीका गणेश खडका, दुर्गाथली गाँउपालिकावडा नँ–५ थलिसेनकी माया जप्रेल, थलारा गाँउपालिका वडा नँ –८ बिस्खेतका सिद्धराज जोशी पुरस्कृत भएका हुन् ।

शनिवार सदरमुकाम चैनपुरमा एक कार्यक्रमको आयोजना गरी तिनै जनालाई पुरस्कृत गरेको भएका हुन । तिनै जना कृषकहले बझाङ जिल्लामा वर्षौदेखी कृषि क्षेत्रमा उत्कृष्ट काम गरेकोर बझाङ जिल्लालाई बझाङ जिल्लामा मात्रै नभई बाहिरका जिल्लामा पनि चिनाउने काम गरेको भन्दै तिनै जनालाई नगत पच्चिस हजार दोसल्लाह प्रमाण पत्रले सम्मान गरेको हो ।

pm office

कार्यक्रमका प्रमुख अतिथि रहेका जिल्ला समन्वय समिति बझाङका प्रमुख नरवहादुर बोहराले भने, ‘यस्तो खालको पुरस्कारले जिल्लामा कृषि क्षेत्रका काम गर्दै आएका कृषकहरुलाई आफुु कृषक भएकोमा गौरवको महसुस हुनका साथै आगामी दिनहरुका पनि कृषि पेशामा रही थप उत्कृष्ट काम गर्न उर्जा थप्ने बताए ।

त्यस्तै कार्यक्रमको अध्यक्षता गरेका कृषि ज्ञान केन्द्र बझाङका कार्यालय प्रमुख टेकबहादुर विष्टले भने, ‘यो कार्यक्रम प्रदेश सरकार कृषि निर्देशनालय दिपायलले आगामी दिनहरुमा पनि नियमित गर्नुपर्ने र जस्ले गर्दा कृषि पेशामा लाग्ने किसानहरुलाई भएका कारण कृषि क्षेत्रका आप्नो भविस्य देखेका किसानहरलाई उर्जा थप्नुका साथै उनीहरुको सम्मान र हौसला थप्ने छ ।’

कार्यक्रममा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेश–धनगढी, कैलालीका योजना महाशाखाका प्रमुख टिकाराम थापा, पशुसेवा विज्ञ केन्द्र बझाङका प्रमुख विनोद कठायत दुर्गाथली गाँउपालिकाका अध्यक्ष दिलबहादुर थापा तुफान, सुर्मा गाँउपालिकाका अध्यक्ष खडक बोहरा, जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजाललगाएतको सहभागिता रहेको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.