No.1 News Portal from Sudurpashchim Province
bajaj

महाकाली नगरपालिकाले ७ दिनभित्र मदिरा जन्य वस्तुको विज्ञापन हटाउन निर्देशन

गोकुलेश्वर। महाकाली नगरपालिकाले मदिरा जन्य वस्तुको विज्ञापन हटाउन निर्देशन दिएको छ । नगरपालिकाले चैत ६ गते एक सूचना जारी गर्दै ७ दिनभित्र मदिरा जन्य विज्ञापन होडिङ बोर्ड हटाउन निर्देशन दिएको हो ।

यसअघि सर्वोच्च अदालतबाट मदिरा जन्य वस्तुको प्रचार सामग्री र विज्ञापन गर्न नपाइने आदेश जारी भएकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मदिरा जन्य विज्ञापन हटाउन स्थानीय तहलाई पत्राचार गरेको थियो ।

pm office

७ दिनभित्र मदिरा जन्य प्रचार छापिएका होडिङ बोर्ड र विज्ञापन हटाउन अनुरोध गरिएको महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले बताए  ।

यदि निर्देशनको पालना नभए विज्ञापन नियमन गर्ने ऐन, २०७६, नेपाल जस्वास्थ्य ऐन, २०७५ बमोजिम कानूनी कारवाही गरिने बताए  ।

मदिरा, चुरोट, सुर्तिजन्य विज्ञापन उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न नपाइने कानूनी व्यवस्था रहेपनि मदिराको हकमा प्रभावकारी कार्यान्वयन हुन नसकेको  नगरपालिकाले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.