No.1 News Portal from Sudurpashchim Province
bajaj

जिल्ला अस्पताल दार्चुलाबाट कोरोना संक्रमित भागे

गोकुलेश्वर। जिल्ला अस्पताल दार्चुलाकोे आइसोलेसन वार्डमा भर्ना भएका एक जना कोरोना संक्रमित भागेका छन् । मालिकार्जुन गाउँपालिकाका वडा नम्बर १ का १७ वर्षिय किशोर मंगलवार अस्पतालबाटै भागेका हुन् ।

pm office

भारतको पिथौरागढबाट सोमबार नेपाल फर्किएका ती किशोरको पुलघाट नाकामा एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । अस्पतालका सूचना अधिकारी डम्मर दत्त भट्का अनुसार आइसोलेसन वार्डबाट भागेका ती किशोरबारे मालिकार्जुन गाउँपालिकालाई खबर गरिएको छ ।

कोरोना संक्रमित भएका कारण निगरानीमा राख्न गाउँपालिकालाई भनिएको उनले बताए । अहिले ती किशोर होम क्वारेन्टिनमा रहेको गाउँपालिकाले जनाएको छ । अहिले जिल्ला अस्पताल दार्चुलामा १२ जना संक्रमित भर्ना रहेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.