No.1 News Portal from Sudurpashchim Province
bajaj

गोकुलेश्वरमा रहेको नेपाल बैँक लिमिटेड शाखाको वित्तीय साक्षरता कार्यक्रम

गोकुलेश्वर। गोकुलेश्वरमा रहेको नेपाल बैँक लिमिटेड बैँकको शाखाले विद्यायलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैँकको शाखाले शुक्रबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

pm office

जिल्लाको गोकुलेश्वर शैल्यशिखर नगरपालिका वडा नं ९ मा मा हिजो कार्यक्रम सम्पन्न गरिएको नेपाल बैँक लि.मि. का शाखा प्रमुख रामचन्द्र जोशी ले बताए । विद्यार्थीहरुलाई बैँकिङ सम्बन्धि ज्ञान दिने उदेश्यले एक दिवसिय कार्यक्रम गरिएको उनले बताए । गोकुलेश्वर वहमुखी क्याम्पस दार्चुलाको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा मिति २०७९।१२।१० गतेका दिन वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

उक्त कार्यक्रम अपिनाम्पा होटल गोकुलेश्वर दार्चुलामा संचालन गरिएको थियो। नेपाल बैंक लिमिटेड दार्चुला शाखाद्वारा संचालित उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेड दार्चुला शाखाका शाखा प्रवन्धक रामचन्द्र जोशी ले कार्यक्रमको विषय वस्तुमाथि प्रकाश पार्दै वित्तिय साक्षरताको आवश्यकता, निक्षेप प्रोडक्टहरु, कर्जाका प्रोडक्टहरु बैंकको डिजिटल प्रोडक्टहरु र तिनको उपयोग तथा प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरुको वारेमा चर्चा गर्नुभएको थियो । 

उक्त कार्यक्रममा बैंकका कर्मचारी, शिक्षक र कार्यक्रममा स्नातक तहमा अध्ययरत करिब ५० जना भन्दा वढी छात्रछात्राहरुको उपस्थिति रहेको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.