
रमेश बहादुर सिंह बझाङ। विश्व क्षयरोग दिवस मार्च २४ को अवसरमा जिल्ला स्वास्थ्य कार्यालय बझाङले जिल्ला अस्पताल मा रहेका २२ जना बिरामिलाई फलफूल बित्तरण गरेको छ।
उत्त फलफूल बित्तरण कार्यक्रममा स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशिले बझाङ जिल्लामा क्षयरोगको बर्तमान अवस्था, समस्या र चुनौतीको बारेमा जानकारी गराउनु भएको छ ।

चेतनाको अभावका कारण अझै पनि गाउँटोलमा रोग लुकाउने गरेकाले क्षयरोग नियन्त्रणमा चुनौती थपिँदो रहेको उहाँले बताउनुभयो । फलफूल बित्तरण कार्यक्रममा जिल्ला अस्पताल बझाङका प्रमुख नवराज जोशिले बिरामिलाई फलफूल बितरण गरेर उनिहरुलाई स्वास्थ्य लाभको कामना समेत दिएका छन।
बझाङमा बिरामीहरुले २÷३ महिना औषधी नियमित सेवन गर्ने र पछि केही सञ्चो भएपछि औषधी खान छाड्ने गरेकाले रोग बल्झिने क्रम बढ्दो रहेको उहाँको भनाई छ । दैनिक ६ महिनासम्म औषधि खाँदा क्षयरोग पूर्ण रुपमा निको हुने भएकाले बिरामीले समयमै चेकजाँच गराई उपचार गर्नु पर्नेमा उहाँले जोड दिनुभएको थियो ।
अझैपनि समाजमा उपचार गर्नुपर्छ भन्ने जानकारी पुर्ण रुपमा विस्तार हुन नसकेकाले अब यसको ब्यापक प्रचारप्रसारमा जोड दिनुपर्ने देखिएको छ । सुक्खा खोकी लाग्ने, शरीरको तौल घट्ने र राति राति ज्वरो आउने जस्ता लक्षण देखिए क्षयरोग भएको हुनसक्छ । तर, कतिपयलाई भने क्षयरोगको लक्षण देखिँदैन ।
क्षयरोगको लक्षण देखिए वा क्षयरोग भएकाहरुको सम्पर्कमा पुगेको भए स्वास्थ्य परीक्षण गर्न उहाँले अनुरोध गर्नु भएको छ ।हाल बझाङमा ६० जना फोक्सो को क्षयरोगीका बिरामी र १९
फोक्सो बाहेक अन्य अङ्गको क्षयरोग बिरामी रहेको तथ्यांक जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको छ ।

बिश्व क्षयरोग दिवसको अवसरमा सार्वजनिक तथ्यांक अनुसारमा यस आर्थिक बर्षको उक्त संख्यामा बिरामी रहेको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ । आर्थिक बर्ष २०७९र८०मा मात्र ७९जना क्षयरोगका बिरामी रहेको स्वास्थ्य कार्यालयका कर्मचारी नारायण जोशिले जानकारी दिनुभएको छ।



