No.1 News Portal from Sudurpashchim Province
bajaj

कञ्चनपुरमा लागु औषधसहित ५ युवक पक्राउ

गोकुलेश्वर। कञ्चनपुरमा लागु औषधसहित ५ जना पक्राउ परेका छन्।  कञ्चनपुरबाट सादा पोसाकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

pm office

पक्राउ पर्नेमा डडेल्धुरा आलिताल गाउँपालिका–५ घरभइ हाल कञ्चनपुर भिमदत्त नगरपालिका–६ ऐठपुर शिवटोल स्थित जनक बोहराको घरमा कोठा भाडागरी बस्ने २२ वर्षीया सिमा थापा मगर, २२ वर्षीय राजु बोहरा, भिमदत्त नगरपालिका वडा नम्बर–६ ऐठपुर शिवटोल स्थित कमला साउँदको घरमा कोठा भाडामा लिई बस्ने डडेल्धुरा पशुराम नगरपालिका वडा नम्बर–८ का २४ वर्षीय केशव बोहरा, 

कृष्णपुर नगरपालिका वडा नम्बर–२ को २७ वर्षीय किशोर भण्डारी र भिमदत्त नगरपालिका वडा नम्बर–१५ कोे ३७ वर्षीय निराकर प्रसाद जोशी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट ९कागज १।२८ ग्राम०सहित, ०।८२ ग्राम खैरो हिरोईन, नगद रु १५,७००।– र मोबाईल ५ थान बरामद गरिएको जनाएको छ। उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको  छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.