गोकुलेश्वर। बैतडी मा १६ बर्ष मुनिको क्रिकेट छनौट प्रतियोगिता आज देखि शुरु हुने भएको छ ।प्रत्येक पालिकाहरुबाट आएका खेलाडीबाट टोली बनाएर प्रतिस्पर्धा गराइने बैतडी जिल्ला क्रिकेट संघको सचिव सिद्धराज वोगटीले जानकारी दिए ।

खेलाडीलाई छनौट प्रतियोगितामा सहभागिता गराइदिन सबै पालिकाहरुलाई जिल्ला क्रिकेट संघले पत्राचार गरेर सहभागी हुन आउने खेलाडीलाई अनिवार्य रुपमा उमेर खुल्ने कागजपत्र ल्याउन आग्रह गरिएको छ ।
छनौट प्रतियोगिता देहिमाडौंस्थित निंग्लाशैनी खेल मैदानमा सञ्चालन हुने छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको आधारमा जिल्लाको टोली घोषणा गर्ने क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए ।



