No.1 News Portal from Sudurpashchim Province
bajaj

डिलाशैनी गाउँपालिका लाई तीन दलले बुझाए ज्ञापन पत्र

अस्पताल निर्माण कार्य अगाडी नबढेकोमा अपत्ती जनाउदै ज्ञापन पत्र

गोकुलेश्वर। बैतडीको डिलाशैनी गाउँपालिका लाई तीन दलले ज्ञापन पत्र बुझाएका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमाले ले १० शैय्या अस्पताल निर्माण कार्य अगाडी नबढेकोमा अपत्ती जनाउदै ज्ञापन पत्र बुझाएको छ ।

पुरानो समझौता अनुसार अस्पताल निर्माण कार्य अगाडी बढाउन माग गर्दै ज्ञापन पत्र बुझाएको नेपाली काँग्रेस डिलाशैनी गाउँसमिति सभापति जयान्नद जोशीले जानकारी दिए

pm office

२०७८ साल असार २५ गते अस्पताल निर्माणका लागि सम्झौता भएपनि पनि अहिले सम्म निर्माण कार्य अगाडी नबढेको प्रति तीन ओटै दलले गम्भीर ध्यानाकषर्ण भएको जनाएका छन् ।

अस्पताल निर्माणका लागि गाउँपालिका र मालिका एसटिसि जेवि नाम गरेको निर्माण कम्पनी संग २०७८ साल असार २५ मा सम्झौता भइ अहिले सम्म कुनै पनि काम अगाडी नबढनुमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छः ज्ञापन पत्रमा भनिएको छ । निर्माण व्यवसयाीले पटकपटक पुरानै समझौता अनुसार काम गर्न साइड उपलब्ध गरिपाउँ भनेको भएपनि बेवास्ता गरिएको बताइएको छ ।

काम अगाडी नबढे समस्या आउने समेत तीन ओटै दलका गाउँकमिटि पदाधिकारीले ज्ञापन पत्र मार्फत गाउँपालिका लाई चेतावनी दिएको छ । गाउँपालिकाले १० शैय्या अस्पताल निर्माणको तयारी भइरको जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.