No.1 News Portal from Sudurpashchim Province
bajaj

लेकम गाउँपालिकामा ११ सहित दार्चुलामा थप ३९ जनामा कोरोना पुष्टि

गोकुलेश्वर। दार्चुलामा सोमवार थप ३९ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा ३९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय दार्चुलाका सिआईसिटी सहजकर्ता सुरज सुजन बोहराले जानकारी दिए ।

pm office

उनका अनुसार पीसीआर परीक्षण गर्दा दुहुँ गाउँपालिकाका २६ जनामा संक्रमण देखिएको हो । त्यस्तै एन्टिजेन परीक्षणमा लेकम गाउँपालिकामा ११ जना, नौगाड गाउँपालिकामा १ जना र खलंगा पुलघाटमा १ जनामा संक्रमण देखिएको छ । सोमवार ३९ जना संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय ९१ पुगेको छ ।

दार्चुलामा अहिलेसम्म १ हजार ७७ पीसीआर तथा ८ सय २५ जनाको एन्टिजेन परीक्षण गरिएको छ । कोरोनाको दोस्रो भेरियन्ट सुरुभए यता अहिलेसम्म २ सय १७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.