मालिकार्जुन अस्पतालमा चैत्र १८ गते नाक, कान, घाटी रोग विशेषज्ञ आउने
दन्तरोग विशेषज्ञ डाक्टर हरिशचन्द्र बिष्टले पनि सेवा दिने
गोकुलेश्वर। मालिकार्जुन अस्पतालमा शनिबार विशेषज्ञ डाक्टर आउने भएका छन । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर बजार पेट्रोल पम्प नजिक फागुन १५ देखि सञ्चालनमा आएको विषेशज्ञ चिकित्सक सहितको मालिकार्जुन अस्पताल गरिब तथा विपन्न वर्गका बिरामीको साहरा बन्दै गएको छ ।
मालिकार्जुन अस्पतालमा शनिबारका दिन विशेषज्ञ डाक्टर आउने गर्दछन् । सामान्य एवंम जटिल प्रकृतिका रोगको उपचारका लागि टाढाटाढा जानुपर्ने बाध्यताको अन्त्य मालिकार्जुन अस्पतालले गरेको छ ।
यहि चैत्र १८ गते शनिबारका दिन बिहान ८ बजे देखि साझ ५ बजे सम्म बरिस्ठ नाक, कान तथा घाँटी रोग बिसेसज्ञ डा जीवन बानिया र दन्तरोग विशेषज्ञ डाक्टर हरिशचन्द्र बिष्ट आउने भएका छन ।
वरिष्ठ नाक, कान, घाटी रोग विशेषज्ञले लामो समय देखि पिनासको समस्या नाकबाट श्वास फेर्ने नसक्ने लामो समय देखि टन्सिलको समस्या कान नसुन्ने, कान दुखिरहने समस्याको उपचार हुने बताएको छ ।

लामो समय देखि कानबाट पिप वग्ने, पानी वग्ने , नाकको हड्डी बढ्ने, श्वास फेर्न ग्राहो हुने, नाकको समस्याले गर्दा टाउको दुख्ने, घाटीमा आउने खटिरा, थाइराइड आदि समस्याहरु नाक बन्द हुने समस्या लगातार नाकबाट सिगान बगिरहने समस्या राती निन्द्रामा घुर्ने, कान तथा घाटिमा मासु पलाएको , घाँटी बाट अमिलो पानी आउने समस्याको उपचार गरिने बताएको छ ।
दन्तरोग विशेषज्ञ डाक्टर हरिशचन्द्र बिष्टले
दात, मुख तथा गिजाको चेकजाँच, दात निकाल्ने तथा सल्यक्रिया गरि, बुद्धि बङारा निकाल्ने ,मुख तथा जिब्रो पोल्ने, मुख, जिब्रो तथा गालामा आउने सेतोदागहरु सम्बन्धि उपचार मुख तथा जिब्रोमा आउने घाउ खटीरा , मुख कम खुल्ने
मुख खोल्न गाह्रो हुने, सास गन्हाउने गिजा सुन्निने ,गिजा बाट रगत तथा पिप आउने, खुडे तथा तालु फाटेको समस्याको परामर्श जिब्रोको समस्याले बोली लर्बराउने समस्याको उपचार , दातमा तातो चिसो लाग्दा सिरिङ सिरिङ हुने समस्याको उपचार गरिने बताएको छ ।
०९३४०००२६ मा फोन गरेर समेत नाम दर्ता गर्न सकिने अस्पतालले जनाएको छ ।
