रमेश बहादुर सिंह बझाङ। बझाङ जिल्लाको मस्टा गाँउपालिकामा निर्माधिन अवस्थामा रहेको लाछीगाडमा पुल अलपत्र अवस्थामा रहेको छ । निर्माण कार्य सुरु गरिएको चार वर्ष वितिसक्दापनी पुस्पान्जलि आर भि जेभिका कारण पुल निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ ।
उत्त पुल समयमै निर्माण हुन नसक्दा बझाङ जिल्लाका आधाभन्दा वढी नागरीकहरुले समस्या भोग्दै आएका छन् । सुदुरपस्चिम प्रदेश सरकार भौतिक पुर्वाधार मन्त्रालय वाट आर्थिक वर्ष २०७६÷७७ मा पुर्वाधार विकास कार्यालयले बझाङले उत्त पुल निर्माण गर्न बोलपत्र आह्वान गरेको थियो ।
उत्त पुल एक वर्ष भित्र निर्माण सम्मपन्न गर्न पुर्वाधार बिकास कार्यालय ले पुस्पान्जली आरभी जेभी सँग ४ करोड पैचालिस लाख चौरहत्तर हजार ६ सय रुपियाँमा ठेक्का सम्झौता गरेकोे थियो ।


उत्त निर्माण कम्पनीले समयको अभाव र काम सम्पन्न नभएको भन्दै म्याद थपको लागी निवेदन दिएको थियो । पुर्वाधार विकास कार्यालयले उत्त निर्माण कम्पनीलाई पटक पटक सम्म म्याद थपको अवधि पाएको पुस्पान्जली आरभि जेभिले समय काम सम्पन्न नगर्दा पुलको निर्माण कार्य अलपत्र अवस्थामा रहेको स्थानियहरुले बताए ।
स्थानियहरका अनुसार यस सँग सरोकारवाला निकाएहरुले कुनै पहल नचाल्दा सम्झौता भएको चार वर्ष सम्म पनी पुल अलपत्र अवस्थामा रहेको बताए । मस्टा गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराले भने उत्त खोलमा पुल निर्माण कार्य समयमै नसकिदा मस्टा गाँउपालिका भित्रका नागरीकहरुले मात्रै नभई पुरै बझाङ जिल्लाका आघा भन्दा वढी नागरीकहरुले समस्या भोग्नु परेको र उत्त पुल समयमै निर्माणकार्य सम्पन्न गर्न निर्माण कम्पनीका ठेकेदार लाई पुल निर्माणको लागी बारम्वार ताकेता गर्दा पनी कहिले फोन नउठाउने फोन उठाई हालेपनी आज आउछु भोली आउछु भन्दै ठग्ने गरेको बताए ।
अध्यक्ष बोहराले भने पटक पटक पुल निर्माणको लागी पालिकाले ताकेता गर्दापनी कुनै पहल नभएपछी अध्यक्षसँङ्ग कारवाही वा अन्य प्रकृयाको लागी कुनै पनी अधिकार नभएको बताए ।त्यस्तै मस्टा गाँउपालिका वडा नँ –१ वडा अध्यक्ष रामचन्द्र रोकायाले भने ठेकेदारले पुल निर्माण सम्पन्न् नहुदै निर्माण कम्पनीका ठेकेदार काम रोकेर फरार रहेको रहेछन समयमै पुल नवन्दा वर्षाको समयमा एक वडा वाट अर्कौ वडामा जान समस्या हुने गरेको र ठेकेदारलाई पटक पटक समयमै पुल निर्माणको सम्पर्क गर्दा कुनै पनी प्रतिकृया नदिने गरेको बताए ।
यता पुर्वाधार विकास कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख नृपराज जोशीले भने ठेकेदारले समयमै पुल निर्माण गर्नुपर्ने हो गरेन । विविध कारण वस निर्माण कम्पनीले म्याद थपको लागी निवेदन दियौ हामीले थप गर्यौ । समयमै काम गर्न हामीले कार्यालवाट पटक पटक ताकेता गर्दा पनी कुनै वास्ता नगर्ने गरेको र थपेको समयको अवधिमा काम नगरे कारवाहिका लागी प्रकृया अगाडी बढ्ने बताए ।
निर्माण कम्पनीका प्रतिनिधी हृदेश भट्टले भने पुल निर्माण कार्य आधा भन्दा सकिएको र आधा जती गर्न बाकी रहेको स्विाकारदै अवको तिन चार महिनामै निर्माण कार्य गर्ने बताए ।



