गोकुलेश्वर। मालिकार्जुन दार्चुला सेवा समिति कैलालीले धनगढीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ।

समितिले छैटौँ पटक धनगढीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको सेवा समितिका अध्यक्ष महेन्द्र पन्तले जानकारी दिए।
यही चैत २५ गते शनिवार धनगढी ५ तारानगर चित्रकुट स्थित समितिको कार्यालयमै हुने रक्तदान कार्यक्रममा सहभागीताका लागि अध्यक्ष पन्तले आग्रह गरेका छन्।सामाजिक कार्य गर्दै आएको समितिले सामाजिक उत्तरदायित्वको रुपमा छैटौँ पटक रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको उनले जानकारी दिए।



