No.1 News Portal from Sudurpashchim Province
bajaj

सामान्य बर्षाले दार्चुलामा यातायात सेवा प्रभावित, सयौं यात्रु मारमा

गोकुलेश्वर । दार्चुलामा ग्रामिण बस्तिका सडकहरुमा सामान्य देखि हल्का खालको वर्षा हुदा समेत यातायात ठप्प हुने गरेको छ । हिजो रातिदेखी सामान्य देखि मध्यम खालको वर्षा हुदा यातायात सेवा नै प्रभावित बनेको छ ।

pm office

आज दार्चुलाको गोकुलेश्वरबाट लेकम, मार्मा, दुहु, व्यास लगायतका ठाउँमा नियमित गाडी चल्न सकेका छैनन । बर्षाको समयमा कच्ची ग्रामिण सडकहरुमा यात्रा गर्दा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै गाडी नचलाएको गाडि चालक बताउछन । ग्रामीण कच्ची सडकमा जताततै खाल्डाखुल्डि र साघुरो सडक भएका कारण दुर्घटना हुन सक्ने अनुमान गरिएको छ ।

हिजोदेखि भएको बर्षाका कारण दार्चुलाका विभिन्न दुर्गम भुभागहरुमा यत्रा गर्ने सयौं यात्रु मारमा परेका छन । कतिपय यात्रु गाडी खोज्दै गोकुलेश्वर बजारमा धाइरहेका छन तर गाडी पाउन सकेका छैनन ।

सरोकारवाला निकायले कच्ची सडक पिच गर्नु त पर को कुरो हो, सामान्य खाल्डाखुल्डी पुर्नमा समेत चासो नदेखाउदा हरेक दिन सयौं यात्रु मार खेप्न बाध्य हुने गरेका छन ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.