गोकुलेश्वर । बैतडीमा एक जना मृत फेला परेका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका–६ चम्तडीमा ५२ वर्षीय नरीभानसिंह नगारी मृत अवस्थामा फेला परेका हुन्।

दोगडाकेदार गाउँपालिका ६ सलेना बोरी गाउँ घर भएका उनी सोमबार विहान मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । आइतबार घर बाट पञ्ज्युनया बजार जान्छु भनि हिँडेका उनि आज विहान मृत फेला परेका पारिवारिक स्रोतले बताएको छ ।
मृतक नगारीका घरमा श्रीमती र ३ छोरा रहेका वडा अध्यक्ष गोपाल सिंह कार्कीले बताउनु भयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



