No.1 News Portal from Sudurpashchim Province
bajaj

सेटीगाउँ बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा बोहरा विजयी

गोकुलेश्वर।बैतडीको डिलाशैनी गाउँपालिका ६ स्थित सेटीगाउँ बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियु क्रान्तिकारीका मोहन बोहरा निर्वाचित भएका छन् ।

pm office

बोहराले १०२ मत पाए । उनका निकटतम् प्रतिस्पर्धी नेविसंघका मदन नाथले ६२ मत प्राप्त गरे । सचिवमा अनेरास्ववियुका रमेश माल ११८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेविसंघकी अम्बिका जोशीले ५० मत ल्याइन् ।

यस्तै कोषाध्यक्षमा अनेरास्ववियुका मनोज जोशीले ९९ मत ल्याएर विजयी भएका छन् । नेविसंघकी बिमा रावलले ६५ मत ल्याइन् ।

क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारी संयुक्त प्यानल बनाएर चुनाव लडेका हुन् । नेविसंघ एक्लै चुनावी मैदानमा गएको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.