गोकुलेश्वर।त्रिभुवन विश्वविद्यालय अन्तर्गतका दार्चुलाका चार क्याम्पसमा भएको स्ववियु निर्वाचनमा कृष्ण स्नातक क्याम्पस लाली र राष्ट्रिय क्याम्पस दत्तुको मतपरिणाम सार्वजनिक भएको छ ।
राष्ट्रिय क्याम्पस दत्तुमा नेपाल विद्यार्थी संघ प्यानलसहित विजयी भएको छ । स्ववियु सभापतिमा सरोज ग्वाइलाले ३८ मत पाउँदा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्षका साझा उम्मेदवार मनिषा धामीले ३० मत पाइन् ।

सचिवमा पनि नेविसंघकै लक्ष्मी भट्ट, कोषाध्यक्षमा पुजा चैसिर निर्वाचित भएका छन् । यस्तै सदस्यमा भागरथी कार्की, गजेन्द्र भाट र दुर्गा भाट निर्वाचित भएको निर्वाचन अधिकृत रमेश चैसिरले जानकारी दिए ।
यस्तै कृष्ण स्नातक क्याम्पस लालीमा (गठबन्धन) अनेरास्ववियुकी हेमन्ती जोशी स्ववियु अध्यक्षमा विजयी भएकी छन् ।
उनले कुल खसेको मत ६९ मध्ये ३६ मत प्राप्त गर्दै विजयी भइन् । उनका प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका विनोद टमटाले ३२ मत प्राप्त गरे । लाली क्याम्पसको सचिवमा अनेरास्ववियु क्रान्तिकारीका जानकी जोशी, कोषाध्यक्षमा गठबन्धनकै ओमकार पाल विजयी भएका छन् ।
अनेरस्ववियु र अखिल क्रान्तिकारीले संयुक्त प्यानल बनाएर चुनाव लडेका थियो । ।
