गोकुलेश्वर। नेकपा माओवादी केन्द्र नौगाड गाउँ कमिटीको बैठक सम्पन्न भएको छ ।
शुक्रबार (आज) नौगाड गाउँ कमिटीका अध्यक्ष धनीरामसिंह ठगुन्नाको अध्यक्षतामा बसेको बैठकले नौगाडका सबै वडाहरुमा संगठन सुदृढीकरण,संगठन निमार्ण,जनवर्गिय संगठनका भेला तथा बैठक र टोल कमिटी गठन गर्ने निर्णय गर्दै बैठक सम्पन्न भएको हो ।
गाउँ कमिटीले फागुन २७ गतेदेखि नौगाडका सबै वडाहरुमा संगठन सुदृढीकरण,संगठन निमार्ण,जनवर्गिय संगठनका भेला गर्दै गाउँ कमिटीको बैठक सम्पन्न गरेको गाउँकमिटी सचिव राजेन्द्रसिंह बोहराले बताए ।

उनका अुनसार संगठन सुदृढीकरण,संगठन निमार्ण पालिका हुँदै टोलटोलसम्म पार्टी पुग्नेछ ।अभियानका दौरानमा संगठन सुदृढीकरण, सदस्यता नवीकरण, नयाँ सदस्य प्रदान गर्ने लगायतका कामहरु गरिने छन् ।
बैठकमा प्रमुख अतिथि नेकपा माओवादीका केन्द्रीय सदस्य ललितसिंह ठगुन्ना (प्रविण)रहेका थिएभने विशिष्ट अतिथि नौगाड इन्जार्च दलजितसिंह धामी रहेका थिए ।
यसैगरी बैठकमा गाउँ कमिटी,वडा कमिटी,टोल कमिटीका सम्पुण पदाधिकारीहरुको उपस्थिति रहेको थियो । बैठकको सञ्चालन नौगाड कमिटी सचिव राजेन्द्रसिंह बोहराले गरेका थिए ।




