गोकुलेश्वर। रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३ सय २८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका उनलाई ३ सय २९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिएका थिए । एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई १ सय ६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिएका छन् ।
जनमत पार्टीकी उम्मेदवार ममता झालाई १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदले मत दिए ।



