गोकुलेश्वर । स्वतन्त्र बिधार्थी युनियन ( स्ववियु ) निर्वाचन नजिकिए संगै दार्चुला बैतडी र सुदुरपश्विमभरी निर्वाचनको माहोल तातेको छ । १४ बर्षपछि हुन लागेको स्ववियु निर्वाचनले भयावह रुप समेत लिन सक्ने आंकलन गरिएको छ । पुस २२ गते बसेको स्ववियु निर्वाचनको बैठकले चैत ५ गते र ८ गते निर्वाचनको मिति घोषणा गरेको थियो ।

स्ववियु निर्वाचन मिति घोषणा गरे संगै बिधार्थीहरुले कहि ताला ठोकेका छन भने कहि खुकुरी हातमा लिएर गुण्डागर्दी र आतंक मच्चाइरहेका छन । दार्चुलाका थुप्रै बिधालयमा समेत ताला लगाइएको थियो भने दार्चुलाका केही बिधालयहरुमा निर्वाचन नै स्थगित गरिएको छ । गुण्डागर्दी र आतंक मच्चाउने काममा विभिन्न पार्टीमा आबद्ध पार्टिका कार्यकर्ता मात्र रहेका छन । यस्ता अनैतीक गतिविधि प्रती विभिन्न संघसस्थाले आपत्ती समेत जनाएका छन ।
कतिपय बिधालयमा नियमित तर्फका बिधार्थि लाई निर्वाचनमा समावेश नगरिएको त कतिपय बिधालयमा बिपक्षी दलका नेता कार्यकर्ताले धम्की दिदै गर्दा अहिले देश भरी निर्वाचन बिथोलिएको छ । केहि दिन अघि मात्रै काठमाडौं रत्नराज्य लक्ष्मी (आराअर) क्याम्पसमा दुई पक्ष बिच खुकुरी हानाहान भएको थियो । बिधालय जस्तो संबेदनसिल क्षेत्रमा पार्टिका कार्यकर्ताले समेत आतंक मच्चाइरहदा बिधार्थिले बिधालयमै असुरक्षित महसुस गरेका छन । कतिपय बिधालयका बिद्यार्थि प्रचारप्रसारमा समेत तिब्र रुपमा लागेका छन । पार्टिको प्रचारप्रसार गर्दा समेत कहीँ कतै आफुमाथी आक्रमण हुने पो हो कि भन्ने चिन्ता बिधार्थि हरुमा छ । त्रिभुवन विश्वविद्यालय र सुदुरपश्विम विश्वविद्यालयले स्ववियु निर्वाचन शान्त र भयमुक्त वातावरणमा बनाउन अनुरोध गरेको छ ।
उनले कयाम्पसमा ताला नठोक्न र स्ववियु निर्वाचनका नाममा गुण्डागर्दी गर्नेलाई यथाशीघ्र कारबाहीको माग समेत गरेका छन । स्ववियु निर्वाचनको माहोल तातेका बेला राज्यले देशभरी कडा सुरक्षा गर्ने निर्णय गरेको भए पनि अनैतिक घटनाहरु रोक्न नसकिनेमा कतिपय संघस्थाले गम्भीर आपत्ती समेत व्यक्त गरेका छन ।



