No.1 News Portal from Sudurpashchim Province
bajaj

मालिकार्जुन अस्पताल गरिब तथा विपन्नको सहारा बन्यो,आज ३८ जना महिलाको निःशुल्क उपचार

बरिष्ठ स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डा.जगदीशचन्द्र बिष्टले विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गरे

गोकुलेश्वर।दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर बजार पेट्रोल पम्प नजिक १५ फागुनदेखि सञ्चालनमा आएको विषेशज्ञ चिकित्सक सहितको मालिकार्जुन अस्पताल गरिब तथा विपन्न वर्गका बिरामीको साहरा बन्दै गएको छ ।

आस्पतालले आज (मंगलबार) गरिब तथा विपन्न वर्गका १० जनाको भिडियो एक्सरे (युएसजी),५ जनाको ओपीडी सेवा,३ जनाको एक्सरे र १५ जना बिरामी महिलाको ल्याव टेस्ट ल्याव टेस्ट निःशुल्क गरेको छ । यस्तै ५ जना महिला गरिब तथा विपन्न वर्गका बिरामीलाई औषधी वितरण गरेको अस्पतालले स्रोतले जनाएको छ ।

अस्पतालमा बरिष्ठ स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डा.जगदीशचन्द्र बिष्टले विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गरेका हुन् ।

pm office

उनले तल्लो पेट दुख्ने,सेतोपानी बग्ने,महिनावारीमा गडबढी,गर्भवती महिलाको भिडियो एक्सरे(युएसजी),चेकजाँच तथा पाठेघर सम्बन्धी समस्या भएका महिलाहरुको चेकचाँच गर्ने लगायतका विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गरेका छन् ।

अस्पतालमा आज दुई सय बिरामीले सेवा लिए । अस्पताल सञ्चालनमा आएदेखि यसरी नै गरिब तथा विपन्न वर्गका बिरामीको निःशुल्क उपचार गरिरहनुका साथै विषेश छुटमा स्वास्थ्य सेवा दिइरहेको छ ।

अस्पतालमा वरिष्ठ विशेषज्ञ चिकित्सकहरुले सेवा प्रदान गरिरहेका छन् ।सामान्य एवंम जटिल प्रकृतिका रोगको उपचारका लागि टाढाटाढा जानुपर्ने बाध्यताको अन्त्य गर्ने उद्धेश्यले मालिकार्जुन अस्पतालको स्थापना गरिएको अस्पतालले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.