No.1 News Portal from Sudurpashchim Province
bajaj

आज रातिदेखि उपराष्ट्रपति चुनावका लागि प्रचारप्रसार निषेध

गोकुलेश्वर। आउँदो चैत ३ मा हुने उपराष्ट्रपति पदको चुनावका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै निषेधको अवधि लागू भएको आयोगले जनाएको छ । आचारसंहिताबमोजिम चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निषेधको अवधि लागू हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

pm office

यो अवधिमा प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ ।

साथै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जितरहारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने आयोगले स्पष्ट पारेको छ ।

उपराष्ट्रपतिका लागि अष्टलक्ष्मी शाक्य, प्रमिला कुमारी यादव, ममता झा, रामसहाय प्रसाद यादव गरी चार जनाको उम्मेदवारी दर्ता भए पनि प्रमिलाकुमारीले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छिन् । उपराष्ट्रपतिमा एमालेबाट शाक्य, जसपाका यादव र जनमत पार्टीकी ममता झाबीच प्रतिस्पर्धा हुनेछ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.