गोकुलेश्वर। डोटीको सदरमुकाम सिलगढीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किदा ६ जना घाइते भएका छन् ।

जिल्ला अदालत मोड अगाडि दिपायलबाट सिलगढी आउँदै गरेको सु.प.प्र.०१००१ ज १२५९ नम्बरको फोर्स जिप र विपरीत दिशाबाट आइरहेको सु.प.प्र.०१०१० प ४७७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा दिपायल सिलगढी नगरपालिका–७ की २९ वर्षीया टंक कुमारी उपाध्याय, सोही वडाकी ६५ वर्षीया धौलीदेवी बिष्ट, २४ वर्षकी दुर्गादेवी बिष्ट, डेढ वर्षका सिर्जन बिष्ट घाइते भएका छन् ।
यस्तै दिपायल सिलगढी नगरपालिका–६ का मोटरसाइकल चालक ३२ वर्षीय विष्णु बोहरा र बडीकेदार गाउँपालिका–१ बिपीनगरका ४९ वर्षीय जर्ण बम पनि घाइते भएको प्रहरीले जनाएको छ।घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ।



