No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलाका लागि ७ हजार ४ सय क्विन्टल चामल ढुवानी

गोकुलेश्वर। दार्चुलाका लागि ७ हजार ४ सय २ क्विन्टल चामल ढुवानी भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जिल्लाको १६ हजार ५ सय ६८ क्विन्टल कोटामध्ये ७ हजार चार सय २ क्विन्टल ढुवानी गरेको हो ।

pm office

चालू आर्थिक वर्षमा दार्चुलाको स्वीकृत कोटाअनुसार सो परिमाणको चामल ढुवानी भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

यस्तै बाजुरामा २५ हजार क्विन्टलमध्ये ६ हजार १८५ क्विन्टल, अछाममा चार हजार क्विन्टलमध्ये एक हजार आठ सय क्विन्टल,बैतडीमा ४ हजार ५ सय क्विन्टल कोटा रहेकोमा अहिले चामल ढुवानी नगरिएको कम्पनीले जनाएको छ ।

खाद्य कम्पनीले चालू आर्थिक वर्षको साउनदेखि फागुुनको पहिलो सातासम्म सुदूरपहाडका जिल्लामा ७५ हजार तीन सय ६० क्विन्टल चामल ढुवानी बताएको छ । सुदूरपहाडका जिल्लाका लागि ७५ हजार क्विन्टल चामल ढुवानी गरिएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.