
गोकुलेश्वर।उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली आज साँझ ५ बजेभित्र प्रकाशन हुने भएको छ । सत्ता साझेदार दलबाट उपराष्ट्रपति पदका लागि ३ र नेकपा एमालेबाट १ गरी जम्मा चार जनाले उम्मेदवारी दिएका छन् ।
नेकपा एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् । गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव,प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिएका छन् ।



